You are viewing the translated version of स्वेच्छिक कानूनी सहायता (प्रोबोनो सेवा) सम्बन्धी व्यवस्था.

Section 72
स्वेच्छिक कानूनी सहायता (प्रोबोनो सेवा) सम्बन्धी व्यवस्था
(१) असहाय अशक्त नाबालक आर्थिक रूपमा विपन्न वा थुनामा रहेका मुद्दाका पक्ष वा निःशुल्क कानूनी सहायता प्राप्त गर्न चाहेका मुद्दाका पक्षहरुलाई स्वेच्छिक रूपमा कानूनी सहायता उपलब्ध गराउन इच्छुक कानून व्यवसायीहरुको सूचीकरणका लागि अदालतले प्रत्येक आर्थिक वर्षको शुरूमा सूचना प्रकाशन गर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रकाशित सूचना बमोजिम सूचीकृत कानून व्यवसायीहरूको सूची अघावधिक गरी सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरी अदालतको वेबसाइटमा समेत राख्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम मुद्दाको प्रतिरक्षा गर्न स्वेच्छिक कानूनी सहायता उपलब्ध गराउन सम्बन्धित कानून व्यवसायीले अनुसूची-२२ मा उल्लिखित ढाँचामा मञ्जुरीनामा तयार गरी मिसिल संलग्न गर्नु पर्नेछ।
(४) यस नियम बमोजिम नियुक्त स्वेच्छिक कानूनी सहायता प्रदान गर्ने कानून व्यवसायीलाई अदालतले आवश्यक मिसिल कागज निःशुल्क उपलब्ध गराउनेछ ।
(५) अदालतले स्वेच्छिक कानूनी सहायता प्रदान गर्ने कानून व्यवसायी तथा सो सम्बन्धी कार्यको अभिलेख राख्नु पर्नेछ।